back
CTIZAN AD

माधव नेपालसहितका १४ सांसदविरुद्धको रिट पूर्ण सुनुवाइमा पठाउन आदेश

वि.सं.२०७८ फागुन २९ आइतवार

909 

shares

काठमाडौं । माधव नेपालसहितका १४ सांसदविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो ।

ओलीले नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । तर, सभामुख सापकोटाले कारबाहीलाई पार्टी दर्ता भइसकेको भन्दै मान्यता दिएनन् । आफूले कारवाही गरेका १४ सांसदलाई फरक पार्टीमा सांसदको मान्यता दिएको, कारबाहीपछि नै निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टी दर्ता गरेकोलगायतका विषयलाई लिएर ओली सर्वोच्च अदालतमा पुगेका थिए ।

एमाले अध्यक्ष ओलीले गत भदौ १७ सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि यो मुद्दा निरन्तर स्थगन हुँदै आएको थियो ।

ओलीको रिट आइतबार १२ औं पटक पेसीमा चढेको हो । यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाउ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्षी एमालेले यही विषयलाई नै लिएर संसदमा निरन्तर अवरोध गर्दै आएको छ । एमालेले १४ सांसदको राजीनामा वा सभामुखको राजीनामा भन्ने अडान राखिरहेको छ ।

सम्बन्धित समाचार

माधव नेपालसहित १४ जनाविरुद्व दायर मुद्दाको आज सुनुवाई हुँदै

वि.सं.२०७८ फागुन २९ आइतवार १६:३५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...