मुगु । हिमाली जिल्ला मुगुमा नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔ नेपाली कांग्रेस जिताऔ’ अभियानको शुभारम्भ गरेको छ ।
स्थानीय निर्बाचनलाई लक्षित गरि कांग्रेसले सोरु गाउँपालिकाको सोरुकोटमा बाजागाजा हुडके नाच सहित बृहतसभाको आयोजना गरि पानसमा बत्ती बालेर घर घर जाऔ कांग्रेस जिताऔ अभियान सुरु भएको घोषणा गरेको छ ।
सोही अभियानको लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले डोल्पा जिल्लाका केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एक महिनाको लागि मुगु खटाएको छ । हिमाली जिल्ला मुगुमा घर घर जाऔ नेपाली कांग्रेस जिताऔ अभियानको शुभारम्भ गरिएको केन्द्रीय सदस्य बुढाले जानकारी गराए ।
घर दैलोमा पुगेर जनतालाई कांग्रेसतिर लाग्न उत्साहित गराउने र बामपन्थीहरुले भ्रमको रुपमा फिजाएको एमसिसिको बारेमा जनतालाई प्रष्ट पार्ने अभियानको मुख्य उदेश्य रहेको केन्द्रीय सदस्यको भनाई छ ।
घर घर जाआ कांग्रेस जिताऔ अभियानको लागि जिल्लाको ४५ वटामा ४५ जना जिल्ला कार्यसमितिका पदाधिकारी महाधिबेशन र महासमिति प्रतिनिधि खटाइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए । वडामा खटिने प्रतिनिधिलाई प्रशिक्षण समेत दिइने उनको भनाई छ । घर–घर जाऔ कांग्रेस जिताऔ अभियानले नेता कार्यकर्तालाई उत्साहित बनाएको सभापतिको भनाई छ ।
जिल्ला कार्यसमितिले खटाएका प्रतिनिधि एकमहिना सम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्ने सभापति शाहीले सुनाए ।

आगामी बैशाख ३० गते हुने स्थानीय निर्बाचन केन्द्रीत भएर कांग्रेस घर घर जाऔ कांग्रेस जिताऔ अभियान सुरु गरेपछि गाउँबस्तीमा चुनावी चहलपहल देखिन थालेको छ ।
अभियान लिएर जनताको घर दैलो खेतबारीमा पुग्ने उनीहरुको गुनासा समस्या सुन्ने कांग्रेसमा लाग्न आग्रह गर्ने र एमसिसि बारे बुझाउने फरक पार्टीका ब्यक्तिलाई कांग्रेसमा लाग्न आग्रह गर्ने कांग्रेस बरिष्ठ नेता हस्तबहादुर मल्लको भनाई छ ।
मुगुलाई कांग्रेसमय बनाउन अभियानले थप टेवा पुरयाएको मल्लको भनाई छ ।
एमसिसि बारेमा गलत भ्रम फिजाउने बामपन्थीलाई नै फाइदा भएको नेता मल्लले भने किनभने एमसिसि पास नभएको भए अमेरिकाले दातृ निकायको सहयोग रोक्थ्यो अनि एनजीओ आइएनजीओ चलाउन बामपन्थीले कसरी खान पाउथे । कांग्रेसले एमसिसि पास गर्याे भने बामपन्थीलाई चुनावी नारा बनाउन सजिलो भएको नेता मल्लको भनाई छ ।
घर घर जाऔ कांग्रेस जिताऔ अभियान संगै चारवटै स्थानीयतहको पालिकास्तरमा आमसभाको आयोजना गरिने उनको भनाई छ ।
पार्टी केन्द्रीय कार्यालयले जारी गरेको अभियान घरदैलो पुर्याउदा पार्टी हित हुने कार्यकर्ताहरु खुशी हुने कांग्रेस पूर्ब पार्टी सभापति खडगबहादुर शाहीको भनाई छ । किसानका खेतबारी देखि भेडीगोठ सम्म पुगेर जनतालाई कांग्रेस प्रति सुसूचित गराउन अभियानले टेवा पुर्याउने पूर्बसभापति शाहीको भनाई छ ।
नेपाली कांग्रेस मुगुलाई उक्त अभियानले आगामी निर्बाचनलाई थप बल पुग्ने देखिएको छ । बामपन्थी बिभाजित भएको अबस्थामा कांगे्रसले जारी गरेको घर–घर जाऔ कांग्रेस जिताऔ अभियानले आउदो स्थानीय निर्बाचन जित्न सहज हुने कांग्रेस नेतृ सुर्यदेबि मल्लले भनिन् –नेताहरुले उक्त अभियान लिएर घरदैलो गाउँबस्तीका पुगेर जनतालाई कांग्रेसप्रति उत्साह दिन जरुरी छ ।
खेतबारी चुल्हो चौकोमा सधै ब्यस्त रहने महिला दिदी बहिनीलाई कांग्रेस पार्टीको बारे प्रष्ट बुझाउन अति आबश्यक देखिएको सुर्यदेबिले बताइन् । वडादेखि गाउँसम्म घर–घर जाऔ कांग्रेस जिताऔ अभियान फैलाएर बिपक्ष पार्टीमा आस्थामान जनतालाई कांग्रेस लाग्ने उत्साहित गराइने नेपाली कांग्रेस प्रदेश (ख) सभापति रामबहादुर रावतले बताए सो अभियानले कांग्रेसका नेतालाई गाउँबस्ती घरदैलो पुग्न सजिलो भएको रावतको भनाई छ ।
२०७४ सालको स्थानीय निर्बाचनमा नगरपालिका सहित तीन वटा स्थानीयतहमा कांग्रेसले जितेको थियो ।
वि.सं.२०७८ फागुन ३० सोमवार १३:०८ मा प्रकाशित






























