back
CTIZAN AD

परम्परागत खेती गर्न छाडेर च्याउ खेतीतर्फ आकर्षित हुँदै किसान

वि.सं.२०७८ फागुन ३० सोमवार

963 

shares

पाल्पा । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन ।

किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रुपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरुको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । तानसेन नगरपालिका–८, मदनपोखराका ६३ परिवारले सामूहिकरुपमा सिताके च्याउखेती थालेका छन् । प्रतिपरिवार रु १० हजारका दरले उठाएर च्याउखेती गरेका उनीहरको आर्थिक अवस्थामा सुधार आएको छ ।

तानसेनका व्यवसायी अनिल घिमिरेले रु दुई लाख पचास हजार लगानी गरेर च्याउखेती सुरु गरेका छन् । अहिले उनकोे च्याउ फार्ममा रु पचास लाख बराबरको लगानी रहेको छ । पाँच सय काठका मुढाबाट च्याउखेती थालेका घिमिरेसँग अहिले पाँच हजार मुढा छन् । घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती सुरु गरेका हुन । उनले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् ।

व्यावसायिक रुपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् । मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बंैकमा बचत गर्न थालेका छन् ।

परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकामा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताए । यहाँ उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री वितरण गरिन्छ ।

वि.सं.२०७८ फागुन ३० सोमवार १३:२२ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...