back
CTIZAN AD

प्रतिकूल मौसमले ‘भिएफआर’ उडानमा सामान्य प्रभावित

वि.सं.२०७८ चैत १० बिहीवार

966 

shares

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ ।मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले विमानस्थलको करिब तीन हजारमात्रै भिजिबिलिटी छ । यसका कारण अहिले ‘भिएफआर’ उडान हुनसकेको छैन । विमानस्थलमा ‘आइएफआर’ उडानमात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ मात्रै उडान भइरहेको छ । सामान्य अवस्थामा प्रतिघण्टा ३० उडान हुने गरेको थियो ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा क्षणिक बदली रहेको छ । अहिले देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसअघि बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो । विमानस्थलको उडान अवतरण प्रभावित भएपछि नोटाम जारी गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक ठाकुरका अनुसार राडारमा सामान्य समस्या आएकाले करिब एक घण्टा उडान प्रभावित भए पनि विमानस्थलका प्राविधिकले तत्कालै मर्मतपछि अहिले उडान सामान्य अवस्थामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ र अन्तर्राष्ट्रियमा अहिले दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

वि.सं.२०७८ चैत १० बिहीवार १२:५८ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...