back
CTIZAN AD

यमनी विद्रोहीद्वारा शान्ति वार्ताको प्रस्ताव गरेको एक वरिष्ठ साउदी अधिकारीको भनाई

वि.सं.२०७८ चैत १३ आइतवार

912 

shares

रियाद । यमनका हुथी विद्रोहीले राजधानीको विमानस्थल र होडैडाको प्रमुख बन्दरगाह खोल्ने शर्तसहित युद्धविराम र शान्ति वार्ताको प्रस्ताव गरेका साउदी अरबका एक वरिष्ठ अधिकारीले शनिबार एएफपीलाई बताएका छन् ।

यो भनाइ तेल सुविधा सहितको विद्रोहीको आश्रयस्थल जेदामा साउदी नेतृत्वको गठबन्धनद्वारा ड्रोन र क्षेप्यास्त्र हमलाको लहरको एक दिनपछि आएको हो । उक्त स्थान नजिकै हालै सशक्त सैन्य तालिम हुँदा व्यापक भीडन्त भएको थियो ।

इरान निकट मानिने विद्रोहीहरूले गत हप्ता यमनी सरकार समर्थक सैन्य गठबन्धनको नेतृत्व गरेको साउदी अरबको राजधानी रियादमा वार्ताका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका थिए ।

अधिकारीले नाम नबताउने शर्तमा भने, “हुथीहरूले एयरपोर्ट (साना), बन्दरगाह (होडैडा) खोल्ने शर्तसहित द्वन्द्वरत यमनी पक्षहरूबीच छलफलहरू गर्न सकिने भन्दै मध्यस्थकर्तामार्फत् युद्धविराम प्रस्ताव गरेका छन् । “हामी यसलाई आधिकारिक रूपमा घोषणा हुने समय पर्खिरहेका छौं किनभने तिनीहरू (हुथीहरू) ले निरन्तर आफ्ना भनाइलाई परिवर्तन गर्नेगरेका छन्,” उनले थपे ।

सन् २०१४ मा सानालाई कब्जा गर्ने हुथीहरूले सरकारलाई देश निकाला गरेर विनाशकारी युद्ध सुरु गरेपछि साउदी नेतृत्वको गठबन्धनले ठीक सात वर्षअघि राष्ट्रसंघको समर्थन प्राप्त यमनी संयुक्त सरकारलाई सहयोग गर्न हुथीविरूद्ध आफ्नो हस्तक्षेप सुरु गरेको थियो ।

रियादस्थित एक कूटनीतिज्ञले एएफपीलाई बताएअनुसार यमनमा संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्ण्डबर्गले अप्रिलको शुरुमा सुरु हुने रमजानको समय सम्झौता गर्ने हालैका प्रयासहरूको नेतृत्व गरेका छन् ।

गत हप्ता साउदी अरबको राजधानी रियादमा खाडी राष्ट्रका छ सदस्य रहेको सहयोग परिषद्ले विद्रोहीहरूलाई यस महिनाको अन्तमा रियादमा वार्ता गर्न आमन्त्रित गरेको थियो । तर हुथीहरूले ‘शत्रु देशहरू’ मा र यमनी सरकारसँग वार्ता गर्न इन्कार गरेका थिए ।
एएफपी

 

वि.सं.२०७८ चैत १३ आइतवार ०९:४३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...