१५ चैत, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) १४ दशमलब २६ अकंले घटेर २५२७ दशमलब ५८ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब १५ अकंले घटेर ४७१ दशमलब ९३ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैंया बराबरको ३८ लाख ९० हजार १३१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३१ हजार ४३१ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा शिवम सिमेन्ट, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जिवन विकास लघुवित्त, हिमालयन डिष्टिलरी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा ग्लोबल आईएमई बैंक, अपी पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एचआईडिसिएल, शिवम सिमेन्ट लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज नेप्सेमा दोहोरो अकंको गिरावट आउदाँ पनि ३ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ्ग नेपाल, नेष्डो लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
वि.सं.२०७८ चैत १५ मंगलवार १५:२९ मा प्रकाशित



























