back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताहको उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमहरु संचालन

वि.सं.२०७८ चैत १५ मंगलवार

714 

shares

१५ चैत, काठमाडौँ । बिल्ड योर फ्यूचर, बि स्मार्ट अबाउट मनि भन्ने मूल नाराका साथ संचालन भएको ग्लोबल मनिविकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ ।

यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ । जसमा प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी , मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल, देविघाट, नुवाकोट, गण्डकी प्रदेशको पौलस्त्य उच्च माध्यमिक विद्यालय, म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गर्ने क्रार्य गरिएको छ । यस क्रार्यक्रमा उपस्थित विधार्थी वर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपाली जनहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकास पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तिय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उत्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणालि मजवुत हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात पनि गरेको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन ।

साथ साथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नेछन । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

वि.सं.२०७८ चैत १५ मंगलवार १५:५६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...