back
CTIZAN AD

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्दलाई अभिनन्दन, चन्द भन्छन्-‘साहित्य समाजको आत्मा’

वि.सं.२०७८ चैत १६ बुधवार

864 

shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४औँ वसन्त प्रवेशका अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको छ ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले काठमाडौँमा मङ्गलबार आयोजना गरेको कार्यक्रममा उक्त अभिनन्दन तथा पुरस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले २०७५ सालको रु एक लाख राशिको मणिराज वाङ्मय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरेको छ ।

त्यस्तै, गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ भने स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्यकार भरतराज पौडेललाई प्रदान गरिएको छ । साथै, शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खड्गबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना सङ्क्रमणको जोखिमका कारण विगत वर्षमा पुरस्कार वितरण तथा अभिनन्दन कार्यक्रम राखिएकाले यस वर्ष आयोजना गरेको बताए । सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तकसमेत लोकार्पण गरेका थिए । सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानव जीवन निरश हुने बताए ।
रासस

वि.सं.२०७८ चैत १६ बुधवार १७:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...