काठमाडौं । प्रवासी नेपाली मन्च जापानको क्षेत्रीय कमिटी कान्साईको प्रथम अधिबेशन अनुप पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न अधिबेशनले मन्चको उपाध्यक्षमा नरबहादुर जुग्जाली, सचिबमा खगराज अर्याल र उपसचिबद्धयमा नरेश ओली र अनिल पौडेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चुडामणी कंडेल, कमल जोसी, जगत बोहोरा, बिष्णु सापकोटा, मुक्तिराम खरेल, रबिन्द्र बस्नेत, मोहन घिमिरे,गणेश सापकोटा, राजु कंडेल, तिलक ज्ञवाली, रामु आचार्य, ओमबहादुर खड्का, बिबेक कंडेल र सुदर्शन नेपाली रहेका छन् ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १५:१७ मा प्रकाशित






























