back
CTIZAN AD

कविता : मूर्तिहरू

वि.सं.२०७८ चैत १९ शनिवार

759 

shares

नरेश कटुवाल, सोनादा, दार्जिलिङ

मूर्तिहरू पुज्य हुन्छन्
मूर्तिहरू श्रद्धेय हुन्छन्
मूर्तिहरू आराध्य पनि हुन्छन्
किनकी
मूर्तिहरू केही बोल्दैनन्
मूर्तिहरू केही भन्दैनन्
मूर्तिहरू न प्रतिकार गर्छन्
न स्विकार गर्छन्
न तिरस्कार गर्छन्
मूर्तिहरू मूर्तिवत रहनुमै गर्व गर्छन्
मूर्तिहरूलाई उन्मादले हँसाउन सक्दैन
मूर्तिहरूलाई वेदनाले रुवाउन पनि सक्दैन
मूर्तिहरूलाई भावनाले बगाउन पनि सक्दैन
अथवा
मूर्तिहरूलाई चाहनाले झुकाउन पनि सक्दैन ।
मूर्तिहरू न बिचलित हुन्छन्
मूर्तिहरू न प्रचालित नै हुन्छन्
त्यसैले मूर्तिहरू प्रचलित पनि हुन्छन्
त्यसैले मूर्तिहरू
स्मारक भएर शालिग भएर वा प्रतिमा भएर
सधै सधै पुज्य हुन्छन् ।

त्यसैले केही नगरी
केही नभनी
केही नहेरी
अचल भएर बस्नुमै
मर्यादित ठान्नेहरू
चारै तिर पुज्य हुन्छन्
मूर्तिहरू झै श्रेय हुन्छन् ।

तर जस्तो सजिलो छ मूर्ति बन्न
त्यति सजिलो छैन मान्छे बन्न ।

यहाँ केही बोल्यो कि अपराध हुन्छ
यहाँ केही लेख्योकि कुठाराघात हुन्छ
यहाँ केही हेर्यो कि आघात हुन्छ
मूर्ति नभई समूहमा हिड्योकि वाद र विवाद हुन्छ
मूर्ति नभई केही सोच्यो कि
धिक्कार र प्रतिवाद हुन्छ ।

त्यसैले केही नगरी
केही नभनी
केही नहेरी
अचल भएर बस्नुमै
मर्यादित ठान्नेहरू
चारै तिर पुज्य हुन्छन्
मूर्तिहरू झै श्रेय हुन्छन् ।

मूर्तिहरू काम गर्दैनन्
त्यसैले मूर्तिहरू भूल पनि गर्दैनन्
मूर्तिहरू कही हिड्दैनन्
त्यसैले मूर्तिहरू ठेस पनि खाँदैनन्
मूर्तिहरू केही बोल्दैनन्
त्यसैले मूर्तिहरूले कसैलाई बिझाउदैनन्
त्यसैले मूर्तिहरू
बाटो दोबाटो, भवन र उद्यानहरूमा
साह्रै साह्रै भव्य हुन्छन्
धेरै धेरै सभ्य हुन्छन्
सधै सधै पुज्य हुन्छन् ।

लेखकको प्रकाशित कविता सङ्ग्रह ‘मूर्तिहरू’ बाट लिइएको

 

वि.सं.२०७८ चैत १९ शनिवार ०७:५४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...