अर्जुन उप्रेती ’ अप्रतिम’, असम, भारत
१.
चसक्क बिझ्यो
कमलो मन
आँशुमा रुझ्यो ।
२.
बेहाल भयो
आशै आशमा
जिन्दगी गयो ।
३.
उडन्ते मन
काबुमा राख
अस्थिर धन ।
४.
खिया लाग्दैछ
असली रूप
पर भाग्दैछ ।
५.
किन सुनाउँ ?
राम कहानी
चैँन गुमाउँ ?
६.
म भागौँ भन्छु
पछ्याउँछ ऊ
मजाक बन्छु ।
७.
नशाको धुन
नआँटे हुने
चन्द्रमा छुन ।
८.
यो झिनो डोरी
देऊ है झुल्न
नदेऊ तोडी ।
९.
अब को टेर्छन्
गौण भो अरु
रूपै पो हेर्छन् !
१०.
भयौ निर्मोही
भएछ कोही
यहाँ विरही ।
वि.सं.२०७८ चैत १९ शनिवार ०७:५६ मा प्रकाशित






























