महेश दत्त पाण्डेय
दशरथचन्द नपा – ९, बैतडी
हाल – किर्तिपुर काठमाडौ
तपाइले के गुमाउनुभयो खै के पाउनुभयो ?
भनिदिनुस् यहाँ आउदा के लिएर आउनुभयो ?
कसैको आँसु पुछ्न सक्ने क्षमता थिएन भने,
जानीजानी अञ्जान बनेर किन रुवाउनुभयो ?
बा थाहा थियो दुखैदुःखको पहाड छ तरपनि,
हजुरले हिँडेकै बाटो हिड्न सिकाउनुभयो ?
न सूचना आयो न महसुस भयो प्रेमिकाज्यू,
एकाएक मेरो हृदयबाट कहाँ हराउनुभयो ?
आफ्नो खुशीमा रमाएको त ठिकै थियो तर,
अरूको चित्त दुखाएर कसरी रमाउनुभयो ?
वि.सं.२०७८ चैत १९ शनिवार ०७:५७ मा प्रकाशित






























