काठमाडौँ । विश्वभरी रहेका आम नेपाली नागरिकहरू नयाँ वर्ष वि.सं. २०७९ साललाई स्वागत गर्न ब्याघ्र प्रतिक्षारत छन् । नयाँ वर्षले सुख, शान्ति, सन्तोष, उन्नति प्रगति ल्याओस् भन्ने कामना गरिरहेका छन् । यसै सन्दर्भमा आउँदै गरेको नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा सामाजिक सञ्जालका भित्ताहरू ज्योतिषीहरूका राशिफलले ढाकिएका छन् । अन्य संवत्का नयाँ वर्षमा भन्दा वि.सं. को नयाँ वर्षमा आमसर्वसाधारणहरूको रुची, चासो र ध्यान विशेष हुनुको पछाडि राशिफल पनि एउटा कारण हो । सूर्यले ३६० डिग्रीको यात्रा सकेर पुनः शुन्य डिग्रीबाट यात्रा तय गर्ने दिनबाट शुरु हुने वर्ष भएको हुनाले पनि अन्य संवत्का वर्षमा भन्दा वि।सं। को नयाँ वर्षको तात्त्विक भिन्नता र महत्त्व रहेको पाइन्छ । यस प्रकारको वैज्ञानिकता अन्य संवतका वर्षमा पाइदैन पनि ।
यसै सन्दर्भमा राशिफल एवं विभिन्न सफल भविष्यवाणी गरी चर्चित बनेका ज्योतिषी दीपक सुवेदीले नयाँ वर्ष २०७९ सालको वार्षिक राशिफल बारे भविष्यवाणि गरेका छन् । फोरकास्ट टेलिभिजन युट्युब च्यानलमार्फत आफ्ना प्रस्तुतीहरु दिँदै आएका ज्यो सुवेदीले आगामी वर्ष कुन राखी भएकोले के मा बढी सावधानी हुन जरुरी छ त्यसको बारेमा बढी फोकस गरेका छन् । ‘राम्रो राम्रो नै छ, जुन कुरा नबताए पनि सेवाग्राहीलाई हानी हुँदैन, तर नराम्रो के छ त्यो बताइयो भने सम्बन्धित व्यक्ति नराम्रोप्रति सावधान हुनसक्छ र हुने नोक्सानीबाट बच्नसक्छ’, उनी बताउँछन् । राशिफल सुनेर, हेरेर, पढेर मान्छेलाई मख्ख बनाउने भन्दा पनि विपरितफलप्रति सतर्क गराउने र राम्रो कार्यप्रति प्रोत्साहन गराउनु पर्ने सुवेदीको भनाई रहेको छ ।
उनले आगामी नयाँ वर्ष २०८९ रााशिफल बारेको भिडियो यस्तो छ । यो भिडियो हेरेर हामी सबैले जानकारी, लाभ र आवश्यक सावधानी लिनसक्ने छौँ ।
वि.सं.२०७८ चैत २३ बुधवार ०८:४२ मा प्रकाशित




























