back
CTIZAN AD

एमालेसँग बिच्कियो राप्रपा, झापामा ओलीलाई पर्न सक्छ समस्या

वि.सं.२०७८ चैत २७ आइतवार

1.1K 

shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने निर्णयसँगै राजेन्द्र लिङ्देनको राप्रपा एमालेबाट टाढिएको छ । केपी शर्मा ओली र कमल थापाबीच मिलन भएसँगै एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा जुटेको राप्रपा बिच्किएको हो ।

एमालेसँग सहकार्य हुन नसक्ने देखेसँगै लिङ्देन नेतृत्वको राप्रपाले एकल रुपमै उम्मेदवारी घोषणा गर्न थालेको छ । ओलीको गृहनगर दमकमा राप्रपाले शनिबार राप्रपाले शक्ति प्रदर्शनसहित राम थापालाई उम्मेदवार बनाएको छ ।

दमकमा थापाको उम्मेदवारी घोषणाप्रति नेपाली कांग्रेस सकारात्मक देखिएको छ । कांग्रेसले थापालाई सघाउन सक्ने संकेत दिएको छ । पछिल्लो अवस्थालाई हेर्दा दमकमा एमाले इतरको राप्रपाको पक्षमा गठबन्धन बन्ने देखिएको सम्भावना बढेको छ ।

०७४ को संघीय चुनावमा झापामा राप्रपाले ओलीलाई सघाएको थियो । यसपटक राप्रपाले कांग्रेससहितका दलसँग सहकार्य गर्ने तयारी गरेको छ । जसको सिधा असर स्थानीय चुनाव मात्रै नभई संघीय चुनावमा पनि पर्ने देखिन्छ । झापामा एमालेसँगै राप्रपा पनि बलियो शक्तिको रुपमा रहेको छ ।

यदि संघीय चुनावसम्मै राप्रपाले एमाले बाहेकका दलसँग सहकार्य गरेमा ओलीलाई संघीय चुनावमा समेत जित्न मुश्किल पर्ने निश्चित छ ।

वि.सं.२०७८ चैत २७ आइतवार १४:३४ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...