कृष्णदेव रिमाल, टोखा, काठमाडौं
१
बल्झिएर ब्यथा मुटु दुख्छ पलपल
सम्झाएर आफैंलाई बस्छु हरपल ।।
२
समयले मान्छेलाई पु¥याउँछ टाढा
तन टाढा भए पनि मन झन गाढा ।।
३
सामिप्यता हो कि प्रेम सम्झनाको घेरो
भेटिंदैन साँचो प्रेम जति लाउँ फेरो ।।
४
युगौंदेखि लागेको छ नभजत्रो आश
जति पानी पिए पनि मेटिदैन प्यास ।।
५
भोक हो कि माया भन्नू बाचुन्जेल लाग्छ
स्वार्थ आई पस्यो भने सुट्ट प्रेम भाग्छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५१ मा प्रकाशित






























