back
CTIZAN AD

प्रकाश सपु्त र अन्जुपन्त लगायतले नचाए भर्जिनियाका नेपालीलाई

वि.सं.२०७९ वैशाख १३ मंगलवार

669 

shares

विजय थापा । नेपाली अमेरिकन सामुदायिक केन्द्र– न्याक भर्जिनियाले नयाँ नेपाली बर्षको उपलक्ष्यमा आयोजना गरेको वृहत सांगीतिक साँझ कार्यक्रम ऐतिहासिक हुनुको साथै अपार सफलताको साथ सम्पन्न भएको छ ।

कोरोना महामारीको कारण दुईबर्ष सम्म उकुस–मुकुस भएका डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायको खचाखच भिड रहेको उक्त कार्यक्रममा राष्ट्रियस्तरका प्राप्त लोकप्रिय कलाकारहरुले बेजोड प्रस्तुति गरेका थिए ।

लामो समयपछि भर्जिनियामा आयोजना भएको सांगीतिक कार्यक्रममा दर्शकहरुले कलाकारहरुको प्रस्तुतिमा साथ दिएका थिए ।

कलाकारहरुले अत्यधिक मन पराएका र अत्यधिक श्रवण गरिएका गीतहरु प्रस्तुति गर्दा दर्शकहरुले मन थाम्न नसकी कार्यक्रम कक्षको अगाडी, बीच र छेउछाउमा मस्तसंग झुमेका थिए । दर्शकहरुले कलाकारहरुका प्रस्तुत गीत संगै स्वरमा स्वर मिलाउदै र कलाकारहरु झुम्दा उनिहरु पनि नृत्यमा डुबेका थिए ।

कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायहरु तीन पुस्ताहरु पनि संगै कार्यक्रम हेर्न र कलाकारहरुलाई हौशला प्रदान गर्न आएका थिए । अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले समेत भरपूर मनोरंजन तथा आनन्द लिएका थिए । उपस्थित सबैले कार्यक्रम अद्वितीय र सबै कलाकारहरुको स्तरीय प्रस्तुतिले कार्यक्रमको समय बितेको पत्तै नभएको महसुस थुप्रै दर्शकहरुले गरेका थिए ।

कैयौ दर्शकहरु पुरै टिकट बिक्रि भएको कारण फर्कनु समेत परेको थियो । भर्जिनियामा एकै मंचमा एकै पटक राष्ट्रियस्तरका अत्यधिक लोकप्रिय कलाकारहरु चर्चित गायिका कुन्ती मोक्तान, लोकप्रिय गायिका अन्जु पन्त, हाल सर्वाधिक माग भएका प्रकाश सपुत तथा सबैका मनपर्ने गायक किरण गजमेरको बेजोड प्रस्तुतिको कारण दर्शकहरु खुसिले गदगद र प्रफुल्ल हुदै नाचेका थिए ।

गायिका कुन्ती मोक्तानले आफ्ना दर्शकहरुलाई मनपर्ने उनका कालजयी गीतहरु ‘माथि माथि सैलुंगेमा’ लगायत गीतहरु प्रस्तुत गरेकी थिइन् भने उनका पति शिला बहादुर मोक्तान तथा उनलाई सम्मान गरिएको थियो ।

अन्जु पन्तले पनि आफ्ना केही चर्चित गीत गाउदै आफू मंचमै झुम्दा दर्शकहरुले साथ दिएका थिए ।
उनले सुर्के थैली लगायत केही गीहरु प्रस्तुति गरेकी थिइन् । गायिका पन्तले भर्जिनियाकी गीतकार बिमला निरौलाले लेखेको र उनले पहिले गएको गीत पनि केही हरफ गाएकी थिइन् । सो कार्यक्रममा अन्जु पन्तककी पति थीर कोइरालाको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै गरि भ्वाईस अफ नेपाल मौषम ३ का बिजेता युवा गायक किरण गजमेरले अझ माहौल तताएका थिए । उनले गीत सुरु हुनासाथ दर्शक झुम्न र टिकटक र सामाजिक संजालमा उनीसंगै झुमेका प्रत्यक्ष प्रस्तुति प्रकाशन गर्न दर्शक तछाड र मछाड जस्तै गरि मंच मुनि उनलाई घेरेका थिए । गजमेरले पनि आफ्ना चर्चित गीतहरु पस्केका थिए ।

कार्यक्रमका मुख्य आकर्षण मध्येकै चर्चित कलाकार प्रकाश सपुत मंचमा आउदा अझ दर्शकहरु औधि रमाएका थिए । उनले पनि आफ्ना ज्यादै चलेका गीतहरु पस्केका थिए भने उनले गीत गाउँदासंगै दर्शक झुमेका थिए । समयको अभावको कारण धेरै गीतहरु प्रस्तुति गर्न नपाएता पनि उनले दर्शकलाई बेजोड नचाएका थिए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री प्रमुख अतिथि रहेका थिए भने मंचमा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले छोटो बोलेका थिए ।

कार्यक्रमकी मुख्य संयोजक बिना खड्का लामा लगायत स्वयमसेवकहरुले कार्यक्रम बीचमा छोटो केही कुराहरु राखेका थिए ।
यो कार्यक्रमबाट उठेको सहयोग रकम खर्च कटाएर न्याक भवन मर्मतमा लगाइने छ भने कार्यक्रम संचालन बिकी पुलामी तथा निशा पाठकले गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको पनि केही प्रस्तुतिहरु राखिएको थियो भने नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान सामुहिक रुपमा प्रस्तुति गरिएको थियो ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १६:०० मा प्रकाशित

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...