back
CTIZAN AD

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी

वि.सं.२०७९ वैशाख २७ मंगलवार

768 

shares

वीरगञ्ज । आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन् । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी कर्मचारी खटाइएकामा उनीहरु आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई आवश्यक चुनाबी सामग्री विभिन्न मतदान केन्द्रमा खटाइएको हो ।
यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ ।

हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार १५:४४ मा प्रकाशित

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...