back
CTIZAN AD

कांग्रेससँगको सहमति भाँडिएपछि बाबुरामको गृहनगरमा एमाले र जसपाबीच तालमेल

वि.सं.२०७९ वैशाख २७ मंगलवार

855 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा एमाले र जसपाबीच चुनावी तालमेल हुने भएको छ । कांग्रेससँग सहमति भाँडिएपछि अन्तिम समय जसपाले एमालेसँग तालमेल गरेको हो ।

मंगलबार भएको सहमतिअनुसार मेयरमा एमालेले जसपालाई सघाउने छ भने उपमेयरमा जसपाले एमालेलाई सघाउने छ । त्यस्तै दुई दलबीच वडाअध्यक्ष पदमा समेत तालमेलको सहमति भएको छ । जसअनुसार नगरका १० वडामध्ये ७ वडाको अध्यक्षमा एमालेले जसपालाई सघाउने छ भने बाँकी ३ वडाको अध्यक्षमा जसपाले एमालेलाई सघाउने छ ।

एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका अध्यक्ष यानप्रसाद भट्टले मंगलबार सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

यसअघि पालुङटारमा सत्ता गठबन्धनका कांग्रेस र जसपाबीच तालमेल भएको थियो । तर, पालिकाको नेतृत्व र वडाको विषयमा सहमति नजुटेपछि तालमेलको सहमति भाँडिएको थियो ।

तालमेलको सहमति भाँडिएपछि जसपा नेता भट्टराई पालुङटारमा चुनावी अभियानमा डेरा नै जमाएर खटिएका थिए । भट्टराईले यसअघि नै गण्डकी प्रदेशका सबैजसो पालिकामा एमालेसँग तालमेलको प्रयास गरेका थिए । तर, जसपाभित्रको विवादको कारण एमालेसँग तालमेलको सहमति हुन सकेको थिए ।

सम्बन्धित समाचार

बाबुरामलाई पालुङटार जोगाउन कठिन, यस्तो छ चुनावी हिसाब

वि.सं.२०७९ वैशाख २७ मंगलवार १६:३६ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोप) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...