back

डोटीका सातै पालिकाको मत परिणाम, कांग्रेस ७ र एमाले तथा माओवादी १-१ स्थानमा विजयी

वि.सं.२०७९ जेठ ५ बिहीवार

195 

shares
NTC AD
Global IME AD

डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ ।

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो । यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहारेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित भएका छन् ।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा (एमाले) १९ वडामा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा (एकीकृत समाजवादी) ले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो ।

यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका थिए ।

नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख÷उपप्रमुख दिपायल सिलगढी नगरपालिका– प्रमुख : बाजिसिं खड्का ‘विजय’, उपप्रमुख : कल्पना साउद, शिखर नगरपालिका–प्रमुख : दीर्घबहादुर बलायर, उपप्रमुख : सुनिता रावल, पूर्वीचौकी गाउँपालिका–अध्यक्ष : रामप्रसाद उपाध्याय, उपाध्यक्ष : पशुपतिदेवी खड्का, बडिकेदार गाउँपालिका– अध्यक्ष : भैरवबहादुर साउद, उपाध्यक्ष : डम्मरीकुमारी बिष्ट, आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का, उपाध्यक्ष : लक्ष्मी रोकाय, सायल गाउँपालिका–अध्यक्ष : धर्मराज जोशी, उपाध्यक्ष ः निर्मला बोहरा ओली, केआईसिंह गाउँपालिका– अध्यक्ष : लोकेन्द्रबहादुर शाही, उपाध्यक्ष : मीनादेवी विष्ट रहेकी छन् ।

यसैगरी नेकपा एमालेले जितेको पालिका तथा प्रमुख–उपप्रमुख जोरायल गाउँपालिका–अध्यक्ष – दुर्गादत्त ओझा, उपाध्यक्ष : जमुना बोहरा रहेका छन् भने नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिका–अध्यक्ष : कमल गड्सिला तथा उपाध्यक्षमा विष्ना देउवा बम (नेपाली कांग्रेस) बाट विजयी भएका छन् ।

वि.सं.२०७९ जेठ ५ बिहीवार ०६:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

काठमाडौं । गठबन्धनभित्रै लामो रस्साकस्स्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद नेकपा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...