Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

१५४ सांसदलाई रुस प्रवेशमा रोक



मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ । केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन् ।

संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन् । विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा वार्ता भएपनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

पछिल्लो समयका वार्ता र छलफलको क्रम पनि रोकिएको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ । वार्ताबाट समस्याको समाधान खोज्न चौतर्फी दवाव परेपनि रुस र युक्रेन दुवै देशले आ आफ्नै अडान कायम राखेकाले वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो । युद्धका कारण धेरै जनधनको क्षति भएको छ भने अन्तर्राष्ट्रिय बजार र राजनीतिमा समेत नकारात्मक असर परेको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा