back
CTIZAN AD

बिहेमा आएको उपहार खोल्दा बेहुलाको दुवै आँखा गुम्यो

वि.सं.२०७९ जेठ ११ बुधवार

777 

shares

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा गुमेको छ ।

यो घटना हो भारतको । भारतको गुजरातस्थित नवसारी जिल्लाको एक गाउँमा धुमधामसँग बिहे गरेर छोरीलाई घर पठाएका हरिश दल्वी अहिले पीडामा परेका छन् । त्यो भन्दा बढी पीडा उनका छोरी र ज्वाँइलाई परेको छ ।

बिहे गरेर गएको दोस्रो दिन जब घरमा सबै बसेर उपहारको पोका खोल्न थाले तब एउटा पोकामा रहेको टेडि वियर खेलौनामा जोडिएको विद्युतीय वम विस्फोट हुँदा बेहुलाको दुवै आँखा गुम्यो भने सँगैरहेका उनका भतिजा पनि गम्भीर घाइते भएको बताइएको छ ।

उक्त उपहार बेहुलीकी साथी आरतीले दिएकी थिइन् । घटना हुनासाथ उनीसँग सोधपुछ गर्दा राजेश पटेल नामका व्यक्तीले बेहुलीका लागि उक्त उपहार दिन लगाएका थिए । ती व्यक्ति बेहुलीको बहिनी जागृतीका प्रेमि थिए । घरमा श्रीमती हुँदाहुँदै जागृतिसँग सम्बन्ध बढाएका ती व्यक्तिबाट जागृतिले एक छोरी पनि जन्माएकी थिइन् । छोरी जन्मिएपछि बिहे गर्न अनुरोध गर्दा नमानेपछि माइतीमा आएर बसेकी जागृतिको परिवारलाई सताइरहेका ती व्यक्तिले बिहेमा त्यस्तो उपहार पठाएका थिए ।

हाल ती व्यक्ति पक्राउ परेका छन् । छोरीको बिहे भएको दुई दिनमै त्यस्तो घटना घटेपछि बेहुलीका वुवाले ज्वाईलाई आफ्नो आँखा दिन तयार रहेको पनि समाचार ऐजेन्सीले जनाएका छन् ।

वि.सं.२०७९ जेठ ११ बुधवार १२:१७ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...