back
CTIZAN AD

महालक्ष्मी लाइफको शेयरधनीलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न आग्रह

वि.सं.२०७९ जेठ ११ बुधवार

609 

shares

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीबाट लगानी भएको रकमको ५० प्रतिशन रकम ३० दिनभित्र जम्मा गर्न आग्रह गरेको हो ।

इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले पुँजी वृद्धी प्रस्ताव पारित गरेपछि सोहि अनुसार संस्थापक शेयरधनीहरुलाई थप रकम जम्मा गर्न भनेको हो । कम्पनीको उक्त सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पुँजी र जारी पुँजी क्रमशः ५ सय करोड र ३ सय करोड हुने गरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको थियो ।

बीमा समितिको चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी ५सय करोड गर्न निर्देशन दिएपछि संचालक समितिको निर्णय अनुसार पूँजी वृद्धि योजना पेश गरेको थियो । उक्त योजना बमोजिम बीमा समितिबाट पूँजी वृद्धि गर्ने सहमती लिएर कम्पनीले विशेष साधारण सभा आह्वान गरेको थियो ।

वि.सं.२०७९ जेठ ११ बुधवार ११:५८ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...