काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै नागरिक बचतपत्र २०८४(५ वर्षे) निष्काशन गर्ने जनाएको हो ।
राष्ट्र बैंकले बचतपत्र खरीद गर्न इच्छुक नेपाली नागरिकहरुलाई आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरमा ६/६ महिनामा ब्याज भक्तानी हुने गरी बचतपत्र निष्काशन गर्ने जनाएको छ ।राष्ट्र बैंकले बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा भनी खरिद गर्न पाउने सीमा तोकेको छ ।
बचतपत्र भोलि जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बिक्रि खुला हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र असार ८ गते निष्काशन हुने छ भने साँवा भुक्तानी २०८४साल असार ८ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने छन् । उक्त बचतपत्र धितो राखी राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचनाः
वि.सं.२०७९ जेठ ११ बुधवार १३:५२ मा प्रकाशित





























