back
CTIZAN AD

श्रीमतीबाट लामो समय कुटिएका प्रिन्सीपल श्रीमानले यसरी सुनाए पीडा

वि.सं.२०७९ जेठ ११ बुधवार

750 

shares

लामो समयसम्म श्रीमतीबाट कुटिएका एक श्रीमानले आफूमाथि श्रीमतीले गरेको अत्याचारका बारेमा सार्वजनिक गरेका छन् ।

भारतको हरियाणाको खरखादी विद्यालयका प्रधानाध्यापक समेत रहेका अजित यादव नामक ती व्यत्तिले आफ्नो परिवार नभत्कियोस् भनेरनै आफूले सबैकुरा सहेर बसेको बताउँछन् । बेला–बेलामा आफ्नै कुरा भन्न समेत डराउने उनले सन्तानकै लागि श्रीमतीको कुटपिट सहेर बसेको बताउँछन् ।

ती प्रिन्सीपलले आफ्नो नाममा रहेको घर श्रीमतीले नामसारी गरिदिन दवाव दिने क्रममा आफुमाथि दिनहुँ कुटपिट गरेको बताउँछन् ।

यस्तो छ ती प्रिन्सीपलको पीडा
म सरकारी विद्यालयमा पढाउछु । दुवैले प्रेम विवाह गरेका थियौं । ९ वर्षअघि बिना दाइजो बिहे गरेको थिए । सुरुमा सबै राम्रै चलिरहेको थियो । त्यसपछि के भयो थाहा भएन, श्रीमतीले यस विषयमा झगडा गर्न थालिन् ।। हातमा जे आउँछ त्यसैले हान्न थालिन् । कहिले छोरोको क्रिकेट खेल्ने ब्याट त कहिले पाइप त हातले पिट्न थालिन् ।

हामी बसेको फ्ल्याट मेरो नाममा छ । उनी उक्त फ्लाट आफ्नो नाममा बनाउन चाहान्छिन् । म माथि कुटपिट हुनु यो पनि कारण छ । उनको कुटपीटमा पनि म छोराको कारणले म मौन थिएँ । चलिरहेको घर नबिग्रियोस् भनेर उनको अत्याचार वर्षौदेखि सहदै आए । तर, पछिल्ला केही वर्षयता उनको अत्याचार बढ्दै गएको छ । घरका सबै सामान फुटेका छन् । मेरो लुगा पनि कैंचीले काटेर जलाइयो । थाहा छैन उनले किन यस्तो गरिन् ?

कुटपिटमा धारिलो हतियार प्रयोग
मंगलबार बिहान यो कुरा सार्वजनिक गर्दै पीडितले आफूमाथि कुटपिट गरेको औजार समेत सार्वजनिक गरेका छन् । तिनीहरूमध्ये एउटा रिन्ची पनि थियो । कुटपिटमा श्रीमतीले धेरै धारिलो हतियार प्रयोग गर्ने गरेको पनि उनले बताएका छन् ।

श्रीमती सुमनले भिवाडीको फ्ल्याट आफ्नै नाममा चाहेको अजितले बताएका छन् । दुवै अहिले एकै ठाउँमा बस्छन् । यसबाहेक अन्य सम्पतिमा पनि आफ्नो नाम राख्न आग्रह गरेको अजितले बताएका छन् । तर, यस बारेमा उनकी श्रीमतीले भने केही बोलेकी छैनन् ।

अजित यादवका वकिल गोविन्द सोनीका अनुसार श्रीमतीले उनलाई यति कुटपिट गरिन् कि अजित मानसिक रोगी समेत बनेका छन् । ‘हामीले सीसीटीभी देखाएर प्रहरीलाई भनेका थियौँ तर सहयोग पाएनौँ । राजस्थान हाईकोर्ट गयौं । त्यहाँबाट प्रहरी सुरक्षा दिइएको थियो ।’

नौ वर्ष अगाडि बिहे गरेका यादवको ८ वर्षका छोरा छन् । श्रीमतीले श्रीमानलाई पटकपटक कुटेको छोराले पनि देख्ने गरेको र त्यसको भिडियो फुटेज पनि सार्वजनिक भएको छ । धेरै फुटेजमा छोरा डराएको पनि देखिन्छ । छोराकी आमाले कोठामा दौडेर श्रीमानलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो पनि निकै भाइरल भइरहेको छ । यहाँ यो पूरै प्रकरणपछि श्रीमतीको कुनै बयान नआएको प्रहरी बताउँछ । महिला प्रहरी अधिकारीले आफूलाई सम्बन्धित महिलाबाट कुनै उजुरी नआएको बताएकी छन् । ऐजेन्सीको सहयोगमा

 

वि.सं.२०७९ जेठ ११ बुधवार १३:४१ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...