back
CTIZAN AD

अमेरिका नेपाल सोसाइटी (एएनएस)को अध्यक्ष सुजित अर्याल

वि.सं.२०७९ जेठ १२ बिहीवार

645 

shares

अमेरिका । अमेरिका नेपाल सोसाइटी (एएनएस) को अध्यक्षमा सुजित अर्याल चयन भएका छन् ।

एएनएसकी अध्यक्ष तथा सामाजिक अभियन्ता प्रभा भट्टराई देउजाको कार्यकाल समाप्त भएपछि नयाँ अध्यक्षमा अर्याल चयन भएका हुन् ।

उत्तर अमेरिकाकै सबैभन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी(एएनएस)ले थुप्रै कामहरु गर्दै उदाहरणीय संस्था बन्न सफल भएको छ ।

गत आइतबार भर्जिनियाको फेयरफ्याक्समा सम्पन्न समारोहमा विभिन्न संघ÷संस्थाका प्रतिनिधि, आमन्त्रित समुदाय सदस्यहरुको उपस्थितिमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

कार्यक्रममा निर्वाचन समितिका प्रमुख आयुक्त डा. श्याम कार्कीले नयाँ पदाधिकारीहरुको नामावली घोषणा गरेका हुन् ।

निर्वाचन आयुक्तका कार्कीका अनुसार नयाँ कार्यसमितिमा अध्यक्ष पदमा सुजित अर्याल, प्रथम उपाध्यक्षमा जील स्कोनिज्का, द्वितीय उपाध्यक्षमा निलु उप्रेती खरेल, महासचिवमा आशिष भडेल, सचिवमा सोभिता ढुंगेल, कोषाध्यक्षमा राकेश ढुंगेल तथा संचार संयोजकमा अर्जुन दाहाल मेम्बर्स एट लार्ज सदस्यहरुमा निरञ्जन अधिकारी, प्रकृति देउजा, रुपेश खाती, लिना श्रेष्ठ मेनोन तथा अर्बिना श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा देउजाको कार्यकालमा योगदान पुर्याउने तथा निस्वार्थ र निशर्त रुपमा काम गर्ने स्वयम सेवकहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

अध्यक्ष देउजाले आफूले प्रतिबद्धता गरे अनुसार अमेरिकी संघीय सरकार र काउन्टी लगाय संग सिधै काम गर्ने अवसर मिलेको र ठूलो सहयोग प्राप्त भएको बताउँदै अब एएनएस संघीय सरकार र काउन्टीमा स्थापित भएकोमा गर्व लागेको बताइन् । साथै आफ्नो कार्यकालमा सहयोग सबै वर्ग तथा बिशेष युवाहरुले गरेको योगदान निकै प्रशंसनीय रहेकोमा मुक्त कण्ठले प्रशंसा गरिन् र कृतज्ञ रहेको बताइन् ।

 

वि.सं.२०७९ जेठ १२ बिहीवार ०७:५२ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...