back
CTIZAN AD

झण्डै ९७ प्रतिशत मतसहित डब्लूएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित

वि.सं.२०७९ जेठ १२ बिहीवार

855 

shares

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मङ्गलबार पुनः निर्वाचित भएका छन् । निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिका लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे घोषणा गरिएको हो । उनलाई निर्वाचन हुनका लागि आवश्यकताभन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ ।

निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उनले भने, “यो सहयोग देखेर म साह्रै विचलित छु । म डब्लूएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महसुस भएको छ ।”

इथियोपियाली भूतपूर्व स्वास्थ्य तथा विदेशमन्त्री कोभिड–१९ महामारीप्रति विश्वव्यापी प्रतिक्रियाको प्रमुख कारण विश्वभरि चिरपरिचित अनुहार बनेका छन् ।

सन्ताउन वर्षीय औलो विशेषज्ञले युक्रेनमा भएको युद्धले विश्वको परिवेशलाई असर गरिरहेको भन्दै यसबारे सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक प्रस्तुत हुनेमा उनले विश्वास व्यक्त गरे । निर्वाचनपछि उनले आफू विश्वमा न्याय स्थापनाका लागि प्रतिबद्ध रहने बताएका थिए ।

एनले यसै सन्दर्भमा ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको’ उद्गारलाई उद्धृत गर्दै आफूले बाँकी जीवनलाई पनि यसै भनाइबाट निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।एएफपी

वि.सं.२०७९ जेठ १२ बिहीवार ०८:०५ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...