back
CTIZAN AD

मङ्कीपक्सविरुद्ध फ्रान्सले खोप अभियान चलाउने

वि.सं.२०७९ जेठ १२ बिहीवार

750 

shares

पेरिस । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सविरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ ।

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मङ्कीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउँदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीतिअनुसार खोप अभियान चलाउने निर्णय गरेको हो ।

फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मङ्कीपक्सको सङ्क्रमण देखिएको र अव फैलिन सक्ने उच्च खतरा रहेको निष्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरू यसको जोखिममा रहेकाले खोप पनि उनीहरूलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ ।

सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपूर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ ।

प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन् ।

विश्वका धेरै देशमा यसको सङ्क्रमितहरू फैलिँदै गएपछि नयाँ त्रास सृजना भएको छ । कतिपय देशहरूले यसबारेमा सतर्कता अपनाउन थालिसकेका छन् । सिन्ह्वा

वि.सं.२०७९ जेठ १२ बिहीवार ०८:०९ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...