back
CTIZAN AD

अमेरिकाले चीनमाथि गलत आरोप लगाएको चीनको दाबी

वि.सं.२०७९ जेठ १४ शनिवार

660 

shares

बेइजिङ । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सन्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक टिप्पणी दिएको भिनिया विदेश मन्त्रालयले जनाएको छ ।

ब्लिङ्केनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने विषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा विदेश नीतिलाई निन्दा गरेको’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् ।

चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकाङ्क्षाबारे हालैका दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ ।

बिहीबारको भाषणमा ब्लिन्केनले चीनको ‘अन्तरराष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय” बारे चेतावनी दिएकोे र विश्वव्यापी व्यवस्थामा सुरक्षाका लागि आह्वान गरेका थिए ।

उनले बेइजिङलाई आफ्नो इलाकाको भागको रूपमा चीनले दाबी गरेको स्वशासित द्वीप ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाएका थिए । उनले बेइजिङले “विश्वभरका देशहरूसँग ताइवानको सम्बन्धलाई टुटाएको र यसलाई अन्तरराष्ट्रिय सङ्गठनहरूमा भाग लिनबाट रोकेको आरोप लगाएका थिए ।

ब्लिङ्केनको भाषणको ‘खरो रूपमा खण्डन’ गर्दै चीनले यसको कूटनीतिकरूपमा विरोध गर्ने वाङले बताए । उनले भने, “वाशिङटनले ‘चीनको विकासलाई रोक्न, दबाउन र अमेरिकी शासन र शक्ति कायम राख्न’ प्रयास गरेको देखिन्छ ।”

एएफपी

वि.सं.२०७९ जेठ १४ शनिवार ०८:०४ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...