back
CTIZAN AD

इथियोपियामा चर्चित अभियन्तासहित दर्जनभन्दा बढी पत्रकार पक्राउ

वि.सं.२०७९ जेठ १४ शनिवार

723 

shares

नैरोबी । इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन् ।

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ ।

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन् । उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उहाँका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए ।

“सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उहाँलाई पछि गोप्य स्थानमा सारेको छ ।” उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन । जिनाबुले भने ।

प्रहरीले बिहीबार टेमेस्जेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ ।

अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ पर्नुभएको उहाँका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताए ।
पूर्व टिभी होस्टलाई शुक्रबार अदालतमा उपस्थित गरिएको बताउँदै उनले भने, “याइसेवलाई प्रहरीले समाचारमार्फत हिंसा भड्काउने काम गरेको आरोप लगाइएको छ ।”

दुवैले आफ्नो युट्युब च्यानलमा इथियोपियाली घटनाक्रमलाई रिपोर्टिङ गरेको थिए । दुवैले गत हप्ता अम्हारामा उनीहरूका स्टुडियोहरूमा छापा मारिएको र कर्मचारीहरूलाई लगिएको बताएका थिए । पक्राउ धेरै पत्रकारहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी गराइएको छैन । अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ ।

युट्युबमार्फत कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता अदिस अबाबाबाट पक्राउ गरिएको थियो । उहाँमाथि पनि हिंसा भड्काउने खालका सामग्री प्रसारण गरेको आरोप लगाइएको दिदी टिगिस्ट शुमीले बताइन् ।

इथियोपियामा अपराध तथा भ्रष्टाचारविरोधी आन्दोलनले उत्कर्ष स्वरूप लिन थालेपछि यहाँको प्रशासनले चर्चित अभियन्ताहरूलाई पक्राउ गरेको छ ।एएफपी

 

 

वि.सं.२०७९ जेठ १४ शनिवार ०८:०८ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...