back
CTIZAN AD

विद्यालयमा छात्रालाई प्रतिबन्ध लगाइएको विरोधमा अफगानिस्तानमा निरन्तर प्रदर्शन

वि.सं.२०७९ जेठ १४ शनिवार

690 

shares

काबुल । अफगानिस्तानमा छात्रालाई विद्यालयमा प्रतिबन्ध लगाइएको विरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ ।

तत्कालीन तालिवान विद्रोहीले सरकार गठन गरेपछि छात्रालाई विद्यालयमा पठन पाठनमा प्रतिवन्ध लगाएपछि लामो समयदेखि प्रदर्शन भइरहेको छ ।

छात्रालाई पठन पाठन गर्न दिनुपर्ने, महिलाका विभिन्न अधिकार कुण्ठित भएकाले त्यसको फुकुवा हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन भइरहेको हो ।

अधिकारकर्मीहरूले झन्डै नौ महिनादेखि गर्दै आइरहेको प्रदर्शन बिहीबार पनि भएको समाचारमा जनाइएको छ ।

उनीहरूले महिलालाई खानासँगै काम र शिक्षा पनि दिनुपर्ने मागसहितको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विद्यालय जान नपाएका छात्राले “शिक्षा हाम्रो अधिकार हो” भन्ने नारासहित तत्काल पढ्न पाउनु पर्ने माग गरेका थिए ।

पढ्न नपाउँदा अफगानिस्तानका लाखौँ बालिकाहरूको भविश्य अन्धकारमा परेकाले उनीहरूलाई पढ्न पाउने व्यवस्था गर्न देश भित्रका तथा बाहिरका अधिकारकर्मीहरूले निरन्तर माग गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय लगायतका धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले पनि बालिकाहरूलाई पढ्न दिन र महिलाहरूलाई रोजगारी लगायतका अधिकार उपभोग गर्ने वातावरण बनाउन पटक पटक आग्रह गरेका थिए ।

देशभित्र र बाहिरबाट पटक पटकका दबाबका कारण तालिबान सरकारले महिलाका अधिकार चाडै नै फुकुवा गर्ने प्रतिबद्धता दिए पनि अहिलेसम्म फुकुवा भएको छैन ।

तालिबानी उच्च अधिकारीहरूले भने महिला अधिकार, लोकतान्त्रिक मूल्य मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको दाबी गर्दै आएका छन् । तर व्यवहारमा भने त्यस्तो नदेखिएको आरोप लाग्दै आएको छ । एएनआई

वि.सं.२०७९ जेठ १४ शनिवार ०८:१२ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...