back
CTIZAN AD

मङ्कीपक्सबाट आफ्नो देशमा कोही पनि संक्रमित नभएको भारतको दावी

वि.सं.२०७९ जेठ १७ मंगलवार

741 

shares

नयाँ दिल्ली । एएनआई विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ ।

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

सरकारले मङ्कीपक्सको सङ्क्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ,‘भारतमा अहिलेसम्म मङ्कीपक्सबाट सङ्क्रमित कोही भेटिएका छैनन् ।’

 

वि.सं.२०७९ जेठ १७ मंगलवार २०:५७ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...