back
CTIZAN AD

इरानमा १० तले भवन भत्कँदा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

वि.सं.२०७९ जेठ १७ मंगलवार

732 

shares

तेहरान । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ ।

अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । आज बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । गत आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए ।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ । हराएकाको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ । एएफपी

वि.सं.२०७९ जेठ १७ मंगलवार २१:०० मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...