back
CTIZAN AD

मेक्सिकोमा अगाथा आँधीका कारण ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

वि.सं.२०७९ जेठ १८ बुधवार

660 

shares

ओक्साका, मेक्सिको । मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्तीहरू डुवानमा पर्दा ११ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरू गरेका छन् । आँधीका कारण कम्तीमा ३३ जना हराइरहेका बताइएको छ ।

अमेरिकी ‘नेशनल हरिकेन सेन्टर (एनएचसी)’ का अनुसार यस आँधी स्थानीय समय अनुसार सोमबार मेक्सिकोको प्रशान्त किनाराबाट सुरू भएको थियो । यो सन् १९४९ मा रेकर्ड राख्न सुरू गरिएपछि आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।

हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा अन्य भौतिक क्षति भएको मौसमविद्हरूले बताएका छन् ।

ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले बुधबार आँधीबाट आएको अवस्थाबाट नागरिकलाई नआत्तिन र प्राकृतिक विपत्तिबाट हुनसक्ने थप जोखिमबारे चनाखो रहन आग्रह गरेका छन् ।

उनले भने, “सामुद्रिक किनाराको माथिल्लो क्षेत्रमा ३३ (मानिसहरू) हराइरहेका छन् र ११ जनाको मृत्यु भएको छ ।”
ओक्साका नागरिक सुरक्षा कार्यालयका अनुसार सान्ता क्याटरिना जानागुया समुदायमा डाँडामा पहिरो जाँदा१८ र २१ वर्षका दुई जनाको मृत्यु भएको छ । लानो डेल चिल्लरमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने उनको छोरा घाइते भएका बताइएको छ ।

अगाथा ओक्साकाको पोर्टो एन्जलनजिकै प्रति घण्टा १६५ किलोमिटर (१०५ माइल) वेगमा अवतरण गरेको थियो ।

साधारणतया मे र नोभेम्बर महिनाको बीचमा प्रशान्त महासागर र आन्द्र महासागर दुवै तटमा उष्ण कटिबन्धीय आँधीले मेक्सिकोलाई नियमित प्रभावित गर्नेगर्छ ।

गत वर्ष अगस्टमा मेक्सिकोमा आएको ग्रेस नाम दिइएको घातक आँधीका कारण भेराक्रुज र पुएब्लाका पूर्वी राज्यहरूमा ११ जनाको ज्यान गएको थियो । एएफपी

वि.सं.२०७९ जेठ १८ बुधवार २०:५९ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...