back
CTIZAN AD

युक्रेनलाई थप अझ असल हतियार पठाउने पश्चिमी राष्ट्रहरूको प्रतिबद्धता

वि.सं.२०७९ जेठ १८ बुधवार

546 

shares

किएभ । पश्चिमी राष्ट्रहरूले युक्रेनलाई थप अधिक उन्नत हतियारहरू उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले बुधबार युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र रडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ भने अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएको हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मनीसँग रहेका सबैभन्दा आधुनिक रक्षा प्रणालीका क्षेप्यास्त्र युक्रेनलाई पठाइने सांसदहरूलाई बताएका छन् । युक्रेनलाई प्रदान गरिने हतियारबाट रूसी हवाई आक्रमणबाट पूरै शहरको रक्षा गर्न सकिने उनले बताए । जर्मनीले युक्रेनलाई शत्रुको तोपखाना पत्ता लगाउन रडार प्रणाली पनि उपलब्ध गराउने जानकारी दिए ।

पश्चिमी हतियारहरू रूसको धेरै ठूला र सुसज्जित सेनालाई रोक्न तथा युक्रेनको सफलताको लागि महत्वपूर्ण मानिएका छन् । राजधानी किएभमाथि नियन्त्रण गर्ने रुसको प्रारम्भिक प्रयासलाई विफल पार्दै र मस्कोलाई पूर्वी औद्योगिक डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्न युक्रेनले बाध्य तुल्याएको छ ।

जतिजति युद्ध चर्किंदै गएको छ त्यतित्यति रुसले युक्रेनी शहरहरूमा बमबारी गरेपछि किएभले आफ्नो रक्षाका लागि थप हतियार माग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले हतियारको आपूर्तिमा भएको विलम्बका लागि पश्चिमी देशहरूको आलोचना गरेका छन् । विशेषगरी जर्मनीले पर्याप्त सहयोग नगरेकामा उनी रुष्ट छन् ।

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी–ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

डोनबासका क्षेत्रीय गभर्नरले रुसी सेनाले अब मस्को–समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित नभएको क्षेत्रका केही भाग कब्जा गर्ने रुसी प्रयासको महत्वपूर्ण सहर सिभिएरोडोनेट्स्कको ७० प्रतिशत नियन्त्रण गरेको बताएका छन् ।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हाइडाइले शहरका सडकमा लडाइँ जारी रहेको, ९० प्रतिशत आवासीय भवनहरू क्षतिग्रस्त भए पनि करिब १३ हजार सर्वसाधारण बाँकी रहेका र दशौं हजार शहरबाट भागेका जनाएका छन् ।

लुहान्स्क क्षेत्रको लिसिचान्स्क शहर रुसीहरूले अझै कब्जा नगरेका र त्यहाँ अझै युक्रेनको पूर्ण नियन्त्रण छ । रुसीहरूले दुई–तीन दिन भित्र सिभिएरोडोनेत्स्कलाई नियन्त्रणमा लिन सफल भएमा उनीहरूले तोपखाना र मोर्टारहरू स्थापना गर्न थाल्ने र लिसिचान्स्कलाई अझ तीव्रताका साथ गोलाबारी गर्नेछन् उनले बताए । उनका अनुसार केही युक्रेनी सेनाहरू सिभिएरोडोनेत्स्कबाट फिर्ता भएका छन् । शहरबाट सर्वसाधारण बाहिर जान पाएका छैनन् भने मानवीय सहायता ल्याउने कुनै सम्भावना पनि छैन । एपी

 

वि.सं.२०७९ जेठ १८ बुधवार २१:०८ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...