back
CTIZAN AD

श्रीलङ्कामा आयात प्रतिबन्ध खुकुलो पारियो

वि.सं.२०७९ जेठ १८ बुधवार

792 

shares

कोलम्बो । श्रीलङ्काले यस वर्षको मार्च र अप्रिलमा विभिन्न ३६९ वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको अर्थ मन्त्रालयले बुधबार जनाएको छ ।

अर्थ, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीतिमन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेद्वारा हस्ताक्षरित सूचनामा प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।

यसअघि ३६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बनाइएको थियो ।

विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन आयातमा रोक लगाउने निर्णय लिइएको थियो । श्रीलङ्काको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तुहरू आयात गर्न बैंकिंग क्षेत्रमार्फत् पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ ।

श्रीलङ्कामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको प्रभाव अतिआवश्यक वस्तुहरूको आयात समेतमा परेको छ । सिन्ह्वा

वि.सं.२०७९ जेठ १८ बुधवार २१:१० मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...