back
CTIZAN AD

सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

वि.सं.२०७९ जेठ १८ बुधवार

720 

shares

संयुक्त राष्ट्रसंघ । सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सुडानका सैनिक प्रमुखले गरेको सकंकटकाल अन्त्यको घटनाको स्वागत गरेका हुन् ।

सुडानमा गत वर्ष सैन्य कू भएको थियो । सो घटनापछि विश्वका नेताहरुलाई सुडानलाई सैनिक शासनका अन्त्य गरी राजनीतिक निकासका लागि आग्रह गरिरहेका थिए । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका थिए ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका थिए ।

सुडानमा पछिल्ला केही दिनहरुमा राजनीतिक हिंसा भएको र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको भन्दै सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर नभई शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघको जोड रहेको छ ।

सुडानका सैन्य प्रमुख अब्देल फताह अल बुरानले यहाँ गएको वर्षदिन देखि जारी रहेको संकटकालीन अवस्थालाई आइतबारदेखि हटाएको घोषणा गर्नुभएको थियो । सिन्ह्वा

वि.सं.२०७९ जेठ १८ बुधवार २१:१५ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...