राजेन्द्रकुमार बज्राचार्य,कोटेश्वर, काठमाण्डौं
फुलेनन् फूलै कति जङ्गलमा, भयो सुख्खा सुन्दर जङ्गल ती ।
चलेनन् हावा कति बास त्यहाँ, रहेनन् स्थानै सुन्दर मङ्गल ती ।।
फलेनन् कस्तो फल जङ्गलमा, भयो सुख्खा हेर न जङ्गल ती ।
गलेनन् मान्छे नि प्रवास कतै, जहाँ खाए अक्सर दङ्गल ती ।।१।।
फुलेको फूलै पनि जङ्गलमा, सुके खग्रङ्गै सब चङ्गुलको ।
चलेको बास्ना नि अजङ्ग भयो,कतै नाकै धेर उदङ्ग भयो ।।
फलेको स्थूलै नर दङ्ग भयो,जहाँ मान्छे धेर झसङ्ग भए ।
डगेनन् मान्छे अब दुःख हुँदा, सहेरै बाँचे न प्रसङ्ग रहे ।।२।।
सुकेका फूलै जब गन्ध लिंदा, लिएरै साँचे मन मन्दिरमा ।
चढेका छन् फूल नि देव जहाँ,सुहाए कस्तो तन तक्दिरमा ।।
सुकेका मीठा फलफूल कतै, बुझाए भित्री मन मानसमा ।
सुदामा नै हुन् नजिकै सुमुखी, तिनै हुन् श्रीकृष्ण प्रभूपदमा ।।३।।
जहाँ मिथ्या छन् पवनै धरती, कहाँ छन् ती शक्ति न अद्भुतमा ।
जहाँ विद्या छन् दरिला पहरा, त्यहाँ छन् ती भक्ति र शक्ति उमा ।।
खुलेका आकाश नि झार्दछ त्यो, जहाँ वर्षा रूपि छ शीतलको ।
झुलेकाछन् फूल यहाँ अति नै,जहाँ छन् देवी पनि चित्तजको ।।४।।
छन्द : छहारी १
गणः य त ज ज म भ भ गु
संकेतः ।ऽऽ ऽऽ। ।ऽ। ।ऽ, । ऽऽऽ ऽ।। ऽ।। ऽ
यति : ११ अक्षरमा ।
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५७ मा प्रकाशित





























