back
CTIZAN AD

कविता : इच्छा

वि.सं.२०७९ जेठ २१ शनिवार

1.1K 

shares

विनोद रसाइली
खर्साङ, भारत

तिमीलाई यो आँखाको डिलबाट
कतै खस्न नदिऊँ भनेको
तिमीलाई यो मनको
मझेरीबाट कतै नपठाऊँ भनेको
तिमीलाई यो मुटुको धड्कनजस्तो
बाँचुञ्जेल नहराऊँ भनेको
तर
पतझडमा रूखलाई पातहरू नखसोस् जस्तै भो ।

तिमीलाई गफहरूमा सँधै
अल्झाई राखूँ भनेको
ईश्वर जति सबै
तिम्रो निम्ति भाकूँ भनेको
चोटहरू समेत
तिम्रो निम्ति चाखूँ भनेको
तर
शीतको थोपा बोकेर
मानेको पातहरू नहल्लिओस् जस्तै भो ।

तिमीसँगको रातहरूले
तिमीसँगको बातहरूले
तिमीसँगको साथहरूले
आयुको सबै कीर्तिमान तोड़ूँ भनेको
तर
पहिलो उडानमा नै छिचिमिरालाई
आफ्नो उमेर नसकिओस् जस्तै भो ।

वि.सं.२०७९ जेठ २१ शनिवार ०९:०० मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...