back
CTIZAN AD

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

वि.सं.२०७९ असार १ बुधवार

654 

shares

क्यानबेरा । अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक बृद्धि गरिएको हो ।

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्युनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्युनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक बृद्धि गर्न आग्रह गरेका थिए ।

तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बिचमा रहेर ५.२ प्रतिशत बृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्युन भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताए ।

उनले भने, “विषेश गरेर तल्लो तहका कर्मचारीहरुले तलव धेरै पढाउन पटक पटक दवाव दिदै आएका थिए ।” सिन्ह्वा

वि.सं.२०७९ असार १ बुधवार २०:४७ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...