back
CTIZAN AD

लेबनानका पूर्वप्रधानमन्त्री हरिरिका हत्याराहरूलाई जन्मकैदको सजाय

वि.सं.२०७९ असार ३ शुक्रवार

855 

shares

लेइड्सचेन्डम, नेदरल्यान्ड्स । संयुक्त राष्टसंघबाट मान्यता प्राप्त एक अदालतले सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री राफिक हरिरीको मृत्यु भएको विशाल बेरूत बम विस्फोटमा संलग्नता रहेको भन्दै दुई जना हिजबुल्लाह सदस्यलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ । हबिब मेरी र हुसेन ओनिसीलाई उनीहरूको अनुपस्थितिमा नै उक्त सजायको घोषणा गरिएको हो ।

२१ जनाको ज्यान गएको र २२६ जना घाइते भएको उक्त घटनाबारे डचस्थित स्पेशल ट्रिबुनल फर लेबनान (एसटिएल) ले आक्रमणमा मेरी र ओनिसीलाई दोषी ठहर गरेको हो ।

सिया लडाकू मिलिशिया हिजबुल्लाहको गोप्य नेटवर्कबाट ‘वास्तविक अपराधीहरूलाई’ जोगाउन एक काल्पनिक समूहले यस आक्रमणका लागि जिम्मेवार भएको दाबी गरेको भिडियो वितरण गरेको पत्ता लागेपछि अनुसन्धान सुरू भएको थियोे ।

तर सन् २०२० मा आजीवन कारावासको सजाय पाएका तेस्रो व्यक्ति सलीम अयशलाई आत्मसमर्पण गराउन अस्वीकार गरेको हिजबुल्लाले यो जोडीलाई पनि अदालती प्रक्रियामा सामेल हुनबाट रोक लगाउँदै आएको बताइएको छ । एएफपी

वि.सं.२०७९ असार ३ शुक्रवार ०८:२७ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...