back
CTIZAN AD

युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको महाधिबेशन तथा साकेला सम्पन्न

वि.सं.२०७९ असार ६ सोमवार

936 

shares

शेखर/राकेश राई, न्यू ह्याम्पसायर । युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले आफ्नो छैटौ महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न गरेको छ ।

अधिवेशनले सन् २०२२ देखि सन् २०२५ सम्मको कार्यकालको निम्ति जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।

संस्थाका केन्द्रीय पूर्वअध्यक्ष तथा निर्वाचन संयोजक विष्णु कुमार राईको नेतृत्वको निर्वाचन समितीले जय कुमार राई कनेक्टिकेटको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्य समितीको घोषणा गरेको छ ।

त्यस्तै कुसुम राई उपाध्यक्ष मेरिल्याण्ड, केशव राम राई उपाध्यक्ष न्यूयोर्क, यान राई उपाध्यक्ष क्यालिफोर्निया, मुक्ति नारायण राई महासचिव न्यूह्याम्पसायर, राजन कुथुमी राई कोषाध्यक्ष न्यूह्याम्पसायर, तेज राई वोर्डसदस्य क्यालिफोर्निया, गणेश राई वोर्डसदस्य न्यूयोर्क, हिमाल राई वोर्ड सदस्य, टेक्सास र पार्शद सदस्यहरू ममता राई, समिता राई, कर्ण राई, जोरविर राई र दमकाजी राईले च्याप्टरको तर्फबाट प्रतिनिधित्व गरेका छन् ।

No description available.

किरात राईहरुको संस्कृति संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका छ
महाधिवेशन समुद्घाटन समारोहका प्रमुख अतिथि/ वर्तमान केन्द्रिय सल्लाहकार तथा पूर्व केन्द्रिय अध्यक्ष मिलन राईले महाधिवेशनको उद्घाटन गर्दैं हामी किरात राईहरु संसारका जुनसुकै ठाउँमा पुगे पनि संगठित हुदै, आफ्नो संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्वर्धन गर्दै जीवन्त राख्न सकृय भूमिका खेलिरहेको दृष्टान्त दिए ।

राईहरुमा बढेको पहिचानप्रतिको सचेतनाले संस्कृतिको जगेर्ना हुनेमा आशा पलाएको बताए ।

‘अमेरिकामा हामी सुख र दुःखमा जोडिने भाईबन्धु त हौं नै, त्यसका अलवा कुल/कुटुम्ब सम्बन्धी पनि हौं । यसर्थ अर्गनाइजेशनले हाम्रो संस्कार र संस्कृतिको संरक्षण, सम्वर्धनमा जति भूमिका निर्वाह गरेको छ, उति नै हामीलाई एक आपसमा सघन सम्बन्ध स्थापित गर्ने वातावरण समेत बनाई दिएको छ ।’ उनले भने ।

No description available.

केन्द्रीय अध्यक्ष मूना राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्थाका केन्द्रीय महासचिव जय कुमार राईले संचालन र संस्थाका उपाध्यक्ष तथा छैटौ महाधिवेशन तथा केन्द्रीय साकेला आयोजक समितीका संयोजक जि.एस. राईले स्वागत मन्तव्य दिएका थिए ।

सभापतिको आशनबाट बोल्दै श्रीमती मुना राईले किराँत राईहरुको पहिचानको रुपमा रहेको धर्म\संस्कृतिलाई अमेरिकामा ठोस योजना बनाई संरक्षण गरिनुपर्ने आजको अहम आवस्यकता रहेको बताइन् ।

संस्थाले २०१३–२०१६ कार्यकालमा चर्चामा ल्याईएको अमेरिकामा राईहरूको साकेला थानलाई ड्रिम प्रोजेक्टका रूपमा कार्यान्वयन गर्ने उद्धेश्यले संस्थाका पूर्वकेन्द्रीय अध्यक्ष तथा सल्लाहकार विष्णु कुमार राईको संयोजकत्वमा साकेला थान परियोजना निर्माणको अभियानले मूर्तरुप लिदैं गरेको बताउँदै परियोजनालाई सफल बनाउन विभिन्न टास्क फोर्सहरु समेत गठन गरिएको बताइन् ।

No description available.

उनले साकेला थान निर्माणार्थ छुट्टै बैंक खाता खोली रकम जम्मा गर्न थालिसकिएको र हाल उक्त खातमा संस्थाका ईच्छुक दाता सदस्यहरूबाट १ लाख डलरको प्रतिवद्धता भैसकेको बताउँदै हाल सिड मनिको रुपमा रूपमा २० हजार २० डलर वैंक खातामा जम्मा भैसकेको जानकारी दिँदैै इच्छुक दातालाई यस अभियानमा जोडिन अनुरोध गरिन् ।

त्यस्तै च्याप्टर अध्यक्षहरु कर्ण राई, जोर वीर राई र ममता खालिङले अधिवेशन सफलताको शुभकामना दिएका थिए भने कार्यक्रम अगावै क्यालिफोर्निया च्याप्टरद्वारा विभिन्न राज्यहरुबाट सहभागी प्रतिनिधी तथा सदस्यहरुलाई किरातहरुको मौलिक प्रतिक चिन्ह धजुरा, पिचुरी र खदा लगाई स्वागत गरिएको थियो ।

च्याप्टरका सचिव टक्सन राईले संचालन गरेको उक्त कार्यक्रममा किरात नव बालबालिकाहरु र नेपालबाट सहभागी सदस्य तथा पाहुनाहरुलाई समेत च्याप्टर अध्यक्ष जोर वीर राईले खादा लगाएर स्वागत गरेका थिए ।

No description available.

कोभिड महामारीको कारणबाट थाति रहेका संस्थाका आजिवन सदस्यहरूलाई सम्मानपत्र र चेष्ट व्याज, २०१९, २०२० र २०२१ को शैक्षिक वर्षहरुमा हाईस्कुल तथा कलेज ग्राजुएटस् विधार्थीहरूलाई ट्रफी प्रदान गरिएको थियो । साथै हालसम्म संस्थाको हरेक गतिविधिमा मुख्य योगदान पुर्याएका युवा वर्गको उच्च सम्मानमा दिइने यूवा पुरस्कार युथ अर्वाड न्यू ईङ्गलैण्ड च्याप्टरका उपाध्यक्ष शेखर राई र प्रेसिडेन्टियल अर्वाड केन्द्रिय बोर्ड सदस्य सुखराज राई, न्यूयोर्कलाई प्रदान गरिएको थियो ।

नव निर्वाचित राईले निवर्तमान अध्यक्ष मुना राईलाई विदाई तथा धन्यवाद दिँदै राईहरुको भाषा र संस्कृतिको संरक्षणका निम्ती यसको बैज्ञानिक खोज÷अध्ययनका साथसाथै अभिलेखिकरण समेत गर्दै जानुपर्नेमा जोड दिएका थिए ।
साकेला उभौली मनाइयो
अधिवेशनको पछिल्लो दिन फ्रिमण्ट शहरको एलिजावेथ पार्कमा करिव ३०० जनाको उपस्थितीमा ग्राण्ड साकेला उभौली २०२२ भब्यरूपमा सम्पन्न भएको छ । छैठौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष जय कुमार राईको सभापतित्वमा सम्पन्न उक्त ग्राण्ड साकेलाका प्रमुख अतिथी संस्थाका पूर्वअध्यक्ष विष्णु कुमार राई र विशेष अतिथीहरुमा किरात याक्थुम चुम्लुङ्गका संरक्षक सुरेन्द्र फोम्बो थिए भने नेपाल आदिवासी जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष देव किरात राई लगायत वे एरियाका विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको वाक्लो उपस्थिती रहेको थियो ।

उक्त समारोहमा किराँती गरगहना र बाजाहरु समेत प्रदर्शनीमा राखिएको थियो भने उपस्थित सम्पूर्ण किरात राईहरु आफ्नो सांस्कृतिक पहिरनमा सहभागी भएका थिए । प्रमुख अथिती राईले किराँतीहरुको महान चाड उभौलीको शुभकामना दिएका थिए भने विषेश अतिथी फोम्बोले मुन्दुम, प्रकृति र जीवनको अन्योन्याश्रित सम्बन्धको बारेमा चर्चा गरेका थिए ।

No description available.

साकेला थानको भूमीपूजा गर्न न्युयोर्कबाट ८३ वर्षिय नाक्छुङ्ग पदम ब. राई र न्यू ह्याम्पसायरबाट पासुङ्ग खडीमान राई समेत उपस्थित थिए ।

न्युयोर्क च्याप्टरको साकेला प्रस्तुती टोलीले उत्कृष्ट साकेला नाच प्रस्तुत गरेका थिए भने केन्द्रिय अध्यक्ष जय कुमार राई, न्यू इङ्गलैण्ड च्याप्टर अध्यक्ष कर्ण राई, क्यालिफोर्निया च्याप्टर महासचिव टक्सन राई, न्युयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ्ग, बिष्णु कुमारी राई, राधना राई, जानुका राई, नवीन राई, हिरा राई, कृष्ण राई, तेसु राई, रोशन राई, जानकी राई लगायतका कलाकारहरुले किराती धुन र संस्कृति सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
त्यस्तैगरी संस्थाको न्यूयोर्क च्याप्टर तथा नेपाली अमेरिकी कलाकार संघकी सिनियर उपाध्यक्ष बसन्ती राईको जोडदार एकल नृत्य समेत रहेको थियो ।

उक्त ग्राण्ड साकेला कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राई र न्यू ईङ्गलैण्ड च्याप्टर उपाध्यक्ष शेखर राईले संयुक्तरुपमा संचालन गरेका थिए ।

No description available.

कार्यक्रमको अन्तिममा अध्यक्ष जय कुमार राईले महाधिवेशन तथा केन्द्रीय ग्राण्ड साकेलामा खटिएका स्वयमसेवकहरु जानुका, शारदा, निशा, दिलु, दियोराम, रत्न, सरु, यान, लक्ष्मी(लोमा), नवीन, तेज,पार्वती, शारदा, हिरा, उमा, प्रेम कुमारी, कृष्ण, कंश, नरभुपाल, ज्ञान, भिम, मात्रा र मुख्य सेफ राम कुमार र उनको टिम लगायत संम्पूर्णमा संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

 

वि.सं.२०७९ असार ६ सोमवार १४:५६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...