back
CTIZAN AD

इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौंँ निर्वाचन

वि.सं.२०७९ असार ७ मंगलवार

786 

shares

जेरुसलेम । इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भङ्गको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।

अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौँ हुनेछ ।

प्रधानमन्त्री नफ्ताली बेनेटले सोमबार पदभार ग्रहण गरेको एक वर्षपछि वैचारिक विविधतायुक्त आठ राजनीतिक दलको गठबन्धन तोडेर अर्को निर्वाचनको घोषणा भएको हो । येश एडिट पार्टीका नेता तथा समाजकल्याणमन्त्री मीर कोहेनले गठबन्धन सरकारले बुधबार मतदानसम्बन्धी विधेयक संसद्मा प्रस्तुत हुने बताएका छन् ।

अब अर्को निवाचन आगामी अक्टोबरमा हुनेछ । नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री बेनेटका प्रमुख सहयोगी विदेशमन्त्री यायर ल्यापिड कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बेनेट नेतृत्वको गठबन्धनलाई त्यति बेला नै राजनीतिक प्रयोगका रूपमा चित्रण गरिएको थियो ।

प्रधानमन्त्री बेनेटले आफ्नो कार्यकालमा तीन वर्षमा पहिलोपटक राष्ट्रिय बजेट पास गराए भने बन्दाबन्दी नगरी कोरोनाभाइरसका दुई चरणबाट देशलाई नेतृत्व प्रदान गरे । उनकै निगरानीमा गाजा पट्टीसँगको तनावपूर्ण सीमाना धेरै हदसम्म शान्त रह्यो । यद्यपि प्यालेस्टिनीहरूसँगको तनाव पूर्वी जेरुसेलम र कब्जा गरिएको वेस्ट बैंकमा बढ्यो । एपी

वि.सं.२०७९ असार ७ मंगलवार २०:१० मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...