back
CTIZAN AD

तीन कविता

वि.सं.२०७९ असार ११ शनिवार

993 

shares

आर्यश शर्मा घिमिरे, ललितपुर

१.【 मिथ्या 】
एउटा पत्थरको रंग पखालें

अर्को पत्थरमा रंग दलिदिएँ

मैले मन्दिर र सौचालयको पत्थर साँटिदिएँ

भन, अब तिम्रो ईश्वर कहाँ छ ?

२.【 ब्याख्या 】

उसले ईश्वर मान्दिन भन्नासाथ
उसलाई –
एउटाले बैज्ञानिक भन्यो,
अर्कोले बौलाहा भन्यो ….

र केहिले…
उसैलाई ईश्वर भनिदिए । ।

३.【ढुङ्गा र मान्छे 】

माटो मुछेर
ढुङ्गा कुँदेर
मान्छे देवता बनाउँछ

अनि आफैँलाई –
‘यो ढुङ्गामाटाले बनेको शरीर हो’
यसलाई देवताले बनायो भन्दै भन्दै हिँड्छ

‘ढुङ्गा’
बन्ने थिएन ‘देवता’
‘मान्छे’ नभएको भए ।

 

वि.सं.२०७९ असार ११ शनिवार ०४:५८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...