back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ असार ११ शनिवार

786 

shares

पवन कुमार बुढाथोकी, काठमाडौं


ऋण लिन समेत सहर बजारको घर जग्गा चाहिने रे
कृषिगर्ने भूमि धितो राखेर काम गर्न ऋण नपाइने रे
प्रगतिशील र अग्रगामी सरकार के सामन्तिको मात्रै हो
विपन्न,निमुखा र गरिवका माग पुरा गर्ने तर्फ नजाइने रे ।


जनताले तिरि हाल्छन जसरी नि यहाँ कर
अफिसको हाकिमलाई के को छ र धेरै डर
विदामा डुल्न मुफ्ति सरकारी छदैंछ गाडी
उस्ले नमारे कस्ले मार्छ त मौकामा मिठो तर ।


के हो स्वर्ग कस्तो हुन्छ हामिले देख्ने नरक
फूलमा पनि आउन थाल्यो हेर्नुस नराम्रो हरक
अरुको सेवा गर्छु भन्नेले नै बाटो बिराए पछि
नेता र सर्वसाधारणमा के भयो त धेरै फरक ।


कोहि आए पनि केहि हुँदैन यहाँ तातो न छारो
कसैका ताल देखेर मान्छेका तातेको कम्पारो
जावो फोहर त अझै सम्म उठाउन सकेका छैनन
यस्तै चाला हो भने त लठ्ठिले ढलाउछन है तारो ।


पाँच महिनामानै पाँचलाख भन्दा बढिले देश छोडे रे
आफ्ना लक्ष्य र गन्तव्यलाई अन्तैतिर पो उन्ले मोडे रे
आफ्नै देसमा भएभरका शक्ति र उर्जा खर्चिनु पर्नेमा
आफ्नोमा कामनै नपाई अन्तैका बाली नाली गोडे रे ।

 

वि.सं.२०७९ असार ११ शनिवार ०५:०० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...