back
CTIZAN AD

छन्द कविता : नारी

वि.सं.२०७९ असार ११ शनिवार

1.1K 

shares

राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर, काठमाडौं

छ सृष्टिको आधा अङ्ग ।
भनिन्छ है नारी रङ्ग ।।
अठोट त्यो धर्ती संग ।
भई यहाँ साह्रै दङ्ग ।।१।।

मिठास तिम्रो मुस्कान ।
दिएर राख्छौ सम्मान ।।
हियो छ साह्रै मैदान ।
हुँदैन कैले हैरान ।।२।।

अभाव जैले खेपेर ।
बिताउँदै छौ हाँसेर ।।
ल दुःखको यो संसार ।
भुलेर गर्छौं उद्धार ।।३।।

कहाँ रहे तिम्रा स्वार्थ ?
नखेप्नु है गाली व्यर्थ ।।
नछोड दोषी संकेत ।
प्रभाव होस् झैं लाकेट ।।४।।

छ मातृ आत्मा अन्जान ।
पराग रोपी उद्यान ।।
फुलाइ फूलै सन्तान ।
दिएर शिक्षा मिष्ठान्न ।।५।।

छन्द : समन्त
गण : ज म गु ल
संकेतः ।ऽ। ऽऽऽ ऽ ।
यति : पादान्त ।

 

 

वि.सं.२०७९ असार ११ शनिवार ०५:०१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...