back

गजल

वि.सं.२०७९ असार ११ शनिवार

210 

shares
RBB AD
NTC AD

प्रेमा दाहाल, सिदिङ्वा, ताप्लेजुङ

कतै एकान्तमा देखें तपस्यामा बसेको थ्यो
निधारैमा बहुत् रेखा खरानीको घसेको थ्यो ।

दुवै आँखा खुवै चिम्ली थियो एकाग्रमा योगी
गुजुल्टो केसराशीमा जटामाला कसेको थ्यो ।

परी नाच्दै थिइन् होला अँध्यारो जिन्दगी भित्र
कसैको मोह मायाले उसैलाई डसेको थ्यो ।

नभन्नू हेर साथी त्यो भिखारी छैन मायामा
कसैको प्रेम मायामा बिछट्टै ऊ फसेको थ्यो ।

र मायामा हुँदा धोखा भयो ऊ आज सन्यासी
बहेको शुद्ध पानीमा थुँगा यौटा खसेको थ्यो ।

बहर : हजज मुसम्मन सालिम
१२२२८४ = १६ अक्षर

वि.सं.२०७९ असार ११ शनिवार ०५:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

नवलपरासी । साहित्य, संस्कृति र कला– पर्यटन प्रवर्द्धनका शृङ्खला नाराका...

कविता : अन्तिम गीत

कविता : अन्तिम गीत

बाबुराम न्यौपाने, दमक, झापा सगरमाथाको कञ्चन पानी पहाडी नागबेली घुम्ती...

सुसेली

सुसेली

रामचन्द्र दाहाल, कपन १. बेनी बजार सानो देश नेपाल ब्वाँसा...

टुक्का कविताहरू

टुक्का कविताहरू

सुरेशकुमार पाण्डे, दाङ, घोराही १. छाडौँ आजै कुनै छ भने...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा धरा धाम सारा...

गजल

गजल

उत्तम विचार, नुवाकोट हिजो राख्छु भन्थ्यो अधरमा उसैले पु¥याएर छाड्यो...