back
CTIZAN AD

गजल

वि.सं.२०७९ असार ११ शनिवार

831 

shares

प्रेमा दाहाल, सिदिङ्वा, ताप्लेजुङ

कतै एकान्तमा देखें तपस्यामा बसेको थ्यो
निधारैमा बहुत् रेखा खरानीको घसेको थ्यो ।

दुवै आँखा खुवै चिम्ली थियो एकाग्रमा योगी
गुजुल्टो केसराशीमा जटामाला कसेको थ्यो ।

परी नाच्दै थिइन् होला अँध्यारो जिन्दगी भित्र
कसैको मोह मायाले उसैलाई डसेको थ्यो ।

नभन्नू हेर साथी त्यो भिखारी छैन मायामा
कसैको प्रेम मायामा बिछट्टै ऊ फसेको थ्यो ।

र मायामा हुँदा धोखा भयो ऊ आज सन्यासी
बहेको शुद्ध पानीमा थुँगा यौटा खसेको थ्यो ।

बहर : हजज मुसम्मन सालिम
१२२२८४ = १६ अक्षर

वि.सं.२०७९ असार ११ शनिवार ०५:०२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...