back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ असार ११ शनिवार

1.4K 

shares

भरत मल्ल, सिफल, काठमाडौ

१.
ओ छेस्का हेर
समय जान
के छ र बेर ?
२.
माया गरेर
म रोएँ राति
एक्लो परेर
३.
हाँसेर बोल्यौ
मनका कुरा
ढिलो पो खोल्यौ
४.
मिठो सपना
घोच्यो छेस्काले
भयो विपना
५.
फूल त खोज्यौ
कठोर किन
ढुँगा पो रोज्यौ !
६.
हाँसेर बोल
मनको कुरा
खुसिले खोल
७.
नेताजी बन
बोकेर थैलो
नगद गन
८.
मनको लेख्नु
भावुक बनी
टाढाको देख्नु
९.
खायो खुराकी
फर्केर पछि
बन्यो सुराकी
१०.
मिठो सुगन्ध
बिगारे थिति
छायो दुर्गन्ध

वि.सं.२०७९ असार ११ शनिवार ०५:०३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...