back
CTIZAN AD

लघुकथा : यै त हो नाफा

वि.सं.२०७९ असार ११ शनिवार

771 

shares

डा. विदुर चालिसे
आरूबारी, काठमाडौं

‘सारङ्गी र्याईंर्याईं, भयो जीवन तिरिमिरी झ्याईं !’

‘पख ! पख !! देशको विकासले हाम्रो दुख नास हुन्छ रे !’

मतवाली तर तरुनी मजदुरहरू दुःख र सपना साटिरहेका थिए । उनीहरूसँग बाँडचुँड गर्ने कुरा यो बाहेक अरू के नै पो थियो र ? भट्टा वालाको पोज र पहिरनसँग उनीहरू खुब परिचित नै थिए । उनीहरूको लोभ कहिलेकाँही ज्यालामा थपथाप पाउनु भन्दा उसको व्यक्तित्वले उनीहरूलाई लोभ्याउँथ्यो ।

एकदिन पजेरोमा सवार उद्योगपतिलाई फोहोरी धूवाँ र धुलोको साथमा रमाइरहेको भुन्टीले खुब दिलचस्प दिएर हेरी । गुडिरहेको त्यो पजेरो भित्रबाट एकजना बालक झ्यालबाट चिहाइरहेको थियो । उसलाई देख्नासाथ भुन्टीले आफ्नो बच्चाको फुस्रै अनुहार हेरी । दिक्क भई अनि पजेरो भित्रको बच्चालाई सोधी ।

‘बाबू ! मम्मी कहाँ हुनुहुन्छ ?

’‘रेष्टुरेण्टमा !’

रेष्टुरेण्ट शब्दको हावा सुन्नासाथ उसले आत्तिएर आफ्नो जिब्रो काढी र टाउको लल्याकलुलुक पारेर थरर कमाई । उसभित्रको अचम्मको अर्काे यौन रागको प्रश्न निस्केपछि उसले बच्चालाई सोधी ।

‘अनि के गर्दै हुनुहुन्छ रेष्टुरेण्टमा !’

‘डान्स गर्दै !’

आइमाईले रेष्टुरेण्टमा डान्स गर्ने कुरा सुनेर लजाई । मुन्टो तल झारेर ईटालाई टाउकोमा हाली अनि सम्झी ।

‘मेरो पनि लोग्ने, खाडीमा डान्स गर्दै होला !’

उसको मन कुटुक्क नै कुँडियो । आउँदै गरेको उद्योगपतिलाई उसले पुलुक्क हेरि, लजाई पनि र मुसुक्क हाँसिदिएर उसलाई नजर कर्काई ।
‘तेरो छोरो खोई त !’

भुन्टीले मुख छोपेर खित्का छोडी ! यौवनको तोडमा खै कति हो मर्यादा पनि बिर्सेर आवेगमा भनिदिई ।
‘उता हेर्नू त गाडीमा !’

नाजवाफ उद्योगपति रातोपिरो भयो । उसले मन मनै सम्झ्यो ।

‘उम्लेकी काली ! मनको आगो खन्याइ राख मलाई !’

पजेरो भित्रबाट बच्चाले मोवाइलबाट उसको मम्मीलाई सूचना गरिरहेको थियो ।
‘भट्टाको आन्टीले भनेको, म त उसैको छोरो रे !’

सौखले नाचिरहेकी उसकी मम्मी एकछिन बोल्न सकिन तर पछि उसले सम्झी ।

‘यै त हो नाफा !’

 

वि.सं.२०७९ असार ११ शनिवार ०५:०६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...