विष्णुवहादुर सिंह, अर्घाखाँची
१.
समय खेल
परिस्थितिमा
क्या जालझेल
२.
मन मस्तिस्क
उमेरसँग
क्रमशः सुस्त
३.
आँखा परेली
झिम्क्याउँदामा
देख्छु कोरली
४.
जीवन चक्र
घुमेर फेरि
हुँदैछ बक्र
५.
हिमाल सँग
साइनो जोड्दा
मन उदाङ्ग
६.
मन बिचित्र
सम्झना भित्र
देख्छु सचित्र
७.
गोरेटो बाटो
उकाली चढ्दा
हार्यो दोबाटो
८.
अँध्यारो रात
मौनता भित्र
चिन्ताको खात
९.
युवाको जोस
गधा पच्चिसे
नगुमोस् होस
१०.
सङ्गीतसँग
मनको शान्ति
हुन्छ फुरुङ्ग
वि.सं.२०७९ असार २५ शनिवार ०९:२५ मा प्रकाशित






























