back
CTIZAN AD

छन्द कविता : भूस्वर्ग भनाऊँ

वि.सं.२०७९ असार २५ शनिवार

1.6K 

shares

उत्तम विचार, काठमाडौं

माटामा छरी पसिना दाना उब्जाऊँ अनाज
आयात मात्र गरेर देश के उठ्छ समाज ।
सहर बस्ती सुगम बने खारेर पहाड
प्रक्रिति स्वयम् मासियो भने रहन्न बहाड ।। १।

हरियो वन नेपाली धन हरायो उखान
जरुवा सुके इनार कुवा पानीका मुहान ।
महल ठुलो भएर मात्र हुँदैन भव्यता
मासेर आफ्नो सम्पदा ज्युँदो रहन्न सभ्यता ।।१।

चस्केर दुख्छ सीमाको घाउ बल्झिन्छ बेसरी
रिपुले आई कुल्चिन्छ छाती सहनु के गरी ।
जाऊँ म घुम्न विश्वमा जहाँँ सम्झिने धारो छ
आँगन आफ्नो बिर्सनु कहाँ नेपाल प्यारो छ ।।३।

हुने छ जित लगाऊँ प्रीत नेपाली माटोमा
बोकेर झोला विदेशतिर हुइँकिनु साटोमा ।
पारेर पोको समस्या बढ्छ भेटिन्न निकास
फुकाई पोको गरेमा हल हुनेछ विकास ।।४।

सगरमाथा हिउँले ढाके देखिन्छ सुन्दर
नभए हिउँ त्यो कालो पहाड देखिन्छ पत्थर ।
नेपाललाई मुटुमा राखी छातीमा सजाऊँ
अप्सरा आई गर्ने छन् न्रित्य भूस्वर्ग भनाऊँ ।।५।
छन्द : झ्याउरे

 

वि.सं.२०७९ असार २५ शनिवार ०९:२७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...